काठमाडौं – कप्तान करण केसीको धमाकेदार ब्याटिङ र रसिद खानको अर्धशतकको मद्दतले काठमाडौं गोर्खाले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि जित हासिल गरेको छ।
१८१ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खालाई केसीले २० बलमा ४४ रनको महत्वपूर्ण योगदान दिएका थिए। राशिद खानले पनि अर्धशतक बनाएर महत्वपूर्ण भूमिका खेले।
आदिल आलमले २० रनको योगदान दिए भने डेभिड वार्नरले १६ रन बनाएर प्याभिलियन फर्किए। स्मित पटेलले १० रन बनाए भने भीम सार्की मात्र ५ रनमा आउट भए। जहानद खानले १० बलमा २२ रन जोडे भने सन्तोष यादव ५ रनमा अविजित रहे।
कर्णाली याक्सका लागि कप्तान सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए। नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १८० रन जोडेको थियो।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए भने हुसेन तलतले ४० रनको योगदान दिए। गुलशन झाले २०, मार्क वाटले १७, दीपक डुम्रेले ८ र जिशान आलमले ७ रन जोडे। पवन सर्राफ ३० रनमा अविजित रहे भने कप्तान सोमपाल कामी १ रनमा नटआउट रहे।
काठमाडौंका लागि कप्तान करण केसीले २ विकेट लिए भने शाहब आलम, जहन्दद खान, देव शाह र सन्तोष यादवले १/१ विकेट लिए।
आफ्नो उद्घाटन खेलमा जित हासिल गर्न असफल भएको काठमाडौं गोर्खाका लागि यो जित महत्वपूर्ण परिणाम हो। यसैबीच, कर्णाली याक्सले यो भिडन्त अघि पहिलो दुई खेलबाट चार अंक जोडेको छ।


