काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाले कर्णाली याक्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग खेल्नेछ।

काठमाडौं गोरखा र कर्णाली याक्सबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुनेछ। प्रतियोगिताको आफ्नो दोस्रो खेल खेल्दै आएको काठमाडौंले अझै जित दर्ता गर्न सकेको छैन र पहिलो जितको खोजीमा हुनेछ।

यसैबीच कर्णाली याक्सले यसअघि नै आफ्ना सुरुवाती दुई खेलमा चार अंक जोड्दै जित निकालेको छ। उनीहरु लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छन्।

साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

सुदूरपश्चिमले अहिलेसम्म तीन खेलमा एउटा मात्र जित निकालेको छ भने अन्य दुईमा हार बेहोरेको छ। चौथो खेलमा जित हासिल गर्न दबाबमा पर्नेछ।

अर्कोतर्फ चितवन राइनोज दुई खेलमा अपराजित रहेको छ। तिनीहरूले एक जित हासिल गरेका छन्, जबकि तिनीहरूको अर्को खेल वर्षाका कारण रद्द भएको थियो, जसको परिणाम टोलीले अंक बाँडेको थियो।