काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ र अर्जुन साउदले ३ रन बनाए। रवि बोपारा र डन मुस्ले क्रमशः ३२ र २९ रनमा अविजित रहे।

विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असालान्काले १–१ विकेट लिए।