काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र वेस्ट इन्डिजबीचको आगामी टी–२० सिरिजको प्रसारण र व्यवस्थापनको अधिकार नेपाल प्रालिलाई दिएको छ। लि. सिरिज सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय भएको छ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानले शृंखलाको प्रसारण अधिकारबारे औपचारिक निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अन्तर्गत अक्टोबर १ देखि १७ सम्म ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया–ईएपी छनोट प्रतियोगिताको तयारीका लागि नेपालले टी–२० सिरिज आयोजना गर्न लागेको हो।
यसअघि क्यानले शृङ्खलाको व्यवस्थापन र प्रसारण अधिकारका लागि इच्छुक कम्पनीहरूलाई आवेदन दिन आमन्त्रण गर्दै सार्वजनिक सूचना जारी गरेको थियो।


