काठमाडौं – २० नेपाली क्रिकेट खेलाडीको समुह अहिले भारतमा क्रिकेट प्रशिक्षण लिइरहेको छ।

यी २० खेलाडी आगामी आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया छनोटका लागि घोषणा गरिएको ३२ सदस्यीय प्रारम्भिक टोलीको हिस्सा हुन्। यी २० खेलाडी भारतमा प्रशिक्षण गरिरहेका छन् भने बाँकी १२ टोलीले नेपालमा प्रशिक्षण जारी राख्नेछन्।

साउन २१ गतेबाट सुरु भएको प्रशिक्षण शिविर अगस्ट ३ गतेसम्म चल्ने छ।त्यसपछि नेपाली टोलीले थप तयारीका लागि अष्ट्रेलिया जाने कार्यक्रम छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षण सत्रका तस्बिर आफ्नो आधिकारिक प्लेटफर्ममा सेयर गरेको छ।