काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अष्ट्रेलियासँग पराजित भएको छ।

दक्षिण अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको छ। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको दक्षिण अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालले आफ्नो दोस्रो टी–२० खेल आज दक्षिण अष्ट्रेलियासँग खेल्दैछ।