काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पाँचौं त्रिदेशीय एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोली युएई विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा युएईका कप्तान राहुल चोपडाले टस जितेर पहिले फिल्डिङ रोजेका थिए।

 

नेपाल सिरिजमा पहिलो जित निकाल्ने लक्ष्यमा छ। यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले र युएईसँग पाँच विकेटले पराजित भएको थियो।