काठमाडौं – जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।
बाबेट डी लीडेले सर्वाधिक ४९ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले क्याच र बोल्ड गरिन्। स्टेरे कालिसले ३० रनको योगदान दिएपनि रिया शर्माले बोल्ड भइन्।
नेपालले सुरुवाती दुई ओभरमा दुई विकेट लिएर नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो। पहिलो ओभरमा ओपनर पेभे मोल्केनबोर शून्य रनमा आउट भएकी थिइन्, जसलाई सुमन बिष्टको बलिङमा सम्झना खड्काले क्याच आउट गरिन्। दोस्रो ओभरमा अर्की ओपनर हेथर सिगर्स १३ बलमा १३ रन बनाएर पूजा महतोको बलमा रुबिना क्षेत्रीले क्याच आउट भइन्।
नेपालका लागि रुबिना क्षेत्रीले २ तथा सुमन विष्ट, पुजा महतो र रिया शर्माले १/१ विकेट लिए।

