काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो खेलमा नेपालले नेदरल्याण्डविरुद्ध बलिङ सुरु गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ रोजेको थियो। अघिल्लो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको थियो।
यसअघि जिम्बावे र स्कटल्याण्डलाई हराएको नेदरल्याण्ड्स तेस्रो जितको खोजीमा छ। नेपालले जित हात पारेमा सुपर सिक्समा स्थान पक्का हुनेछ। आईसीसी महिला टी–२० वरियतामा नेदरल्याण्ड १४औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ।

