काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
लुम्बिनी लायन्ससँग संघर्षरत सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुनुअघि मात्र ८७ रन बनाउन सफल भयो।
लुम्बिनीका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए। शाडले भान शाल्कविकले एक विकेट लिए भने तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक एक विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सैफ अली जैबले १४ बलमा १३ रन बनाए।


