काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले कर्णाली याक्सलाई १ सय ८७ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेट गुमाएर १८६ रन बनाएको थियो।
विराटनगरका लागि ओपनिङ ब्याट्सम्यान लोकेश बमले सर्वाधिक ८७ रन बनाए।
त्यस्तै एन्जेलो म्याथ्युजले ३१ रन, आन्द्रे रसेलले २७ रन, बसिर अहमदले १३ र शेहान जयसूर्याले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए।
कर्णाली प्रतियोगितामा दोस्रो जित निकाल्ने लक्ष्यमा छ। उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
यसैबीच उद्घाटन खेलमा चितवन राइनोजसँग ८ रनले पराजित हुँदै विराटनगर पहिलो जितको खोजीमा छ।


