काठमाडौं – कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा तीन खेलबाट दुई अंक जोडेको कर्णाली प्लेअफको आशा जीवित राख्न जितको दबाबमा छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। शुक्रबारको जितले उनको प्लेअफमा पुग्ने बाटो धेरै सहज हुनेछ।