काठमाडौं – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको जे ट्रफी पुरुष इलाइट कप क्रिकेटको फाइनलको पहिलो दिन रोमाञ्चक बनेको छ।

पहिलो इनिङ्समा त्रिभुवन आर्मी क्लब २ सय २१ रनमा अलआउट भएपछि नेपाल पुलिस क्लबले ब्याटिङ सुरु गरेको थियो।

पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। आर्मीले स्थिर प्रदर्शन गर्दै ५८.२ ओभरमा २२१ रन बनायो। पहिलो दिन त्रितराज दासले ३२ रनको योगदान दिए भने इमरान शेखले ५० रन बनाए।

ललित राजवंशीले त्रितराजलाई एलबीडब्लूको फन्दामा पारे। तेस्रो नम्बरमा ब्याटिङ गर्दै भीम सार्कीले ३९ रन जोडे। इमरानले १३७ बलमा अर्धशतक बनाएर तीन विकेटको क्षतिमा ११९ रनमा पुगेको आर्मीले बलियो सुरुवात गरेको थियो।

बशिर अहमदले करण केसीको हातमा क्याच र बोल्ड हुनुअघि ३० रन जोडे भने कुशल मल्लले ४८ बलमा ३८ रनको योगदान दिए। अन्तिममा रसिद खानले नारायण साउद, पवन कार्की र शाहब आलम शून्य रनमा आउट भए। १७ रन बनाएका सोमपाललाई पनि राशिदले प्याभिलियन फर्काए।

रसिद खानले ४ विकेट लिए भने ललित राजवंशी र करण केसीले ३/३ विकेट लिए।

पहिलो दिन नै ब्याटिङ गर्ने मौका पाएको पुलिसले शुरुवाती विकेट गुमायोः ओपनर अमित श्रेष्ठले १, कुशल भुर्तेलले १८ र दिलशाद अलीले १ रन बनाए। पहिलो दिनको अन्त्यमा पुलिसले ७.१ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो।