काठमाडाैं – साविक विजेता जनकपुर बोल्टले नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन २ को तयारी अन्तर्गत भारतको कोइम्बटोरस्थित प्रतिष्ठित सुपर किंग्स एकेडेमीमा उच्च प्रदर्शन प्रशिक्षण शिविर सुरु गर्ने भएको छ।

 

तालिम शिविर अक्टोबर १० देखि नोभेम्बर १ (नेपाली क्यालेन्डरमा असोज २४ देखि कार्तिक १५) सम्म सञ्चालन हुने पुष्टि गर्दै फ्रान्चाइजीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत निर्णयको घोषणा गरेको हो।

 

एनपीएलको उद्घाटन सत्रमा जनकपुर बोल्टले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै च्याम्पियनसिपको उपाधि उचालेको हो।