काठमाडौं – नेपालले यू–१९ महिला बेल्ट एण्ड रोड सिरिजको आजको खेलमा हङकङलाई ९२ रनले पराजित गरेको छ।
चीनको ताइकाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा भएको खेलमा नेपाली महिला टोलीले १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई १८ ओभरमा मात्र ५४ रनमा अलआउट गरेको थियो।
हङकङका लागि वान तुङ सो र म्यान केइ लेउङले सर्वाधिक १२–१२ रन जोडे। नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले समान ३–३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाए भने सावित्री धामीले चार चौका सहित ३६ रन जोडे।
हङकङका लागि स्टर्म पार्करले तीन विकेट लिएका थिए।
नेपालको प्रभावशाली अलराउन्ड प्रदर्शनले उनीहरूले शृङ्खलामा ९२ रनको फराकिलो जित निकाल्यो।


