सुर्खेत – क्षयरोग शाह स्मृति प्रथम यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको मधेस प्रदेश च्याम्पियन घोषित भएको छ।
वीरेन्द्रनगरको कालुङचोक मैदानमा शनिबार भएको फाइनलमा मधेसले बागमतीलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो। उल्लेखनीय छ, यसअघि प्रतियोगितामा वाग्मतीले लिग चरणमा मधेसलाई हराएको थियो।
११३ रनको लक्ष्य पछ्याएको मधेशले १३ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
कर्णाली प्रदेश क्रिकेट संघको सह-आयोजना र सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता मुख्य रुपमा आयोजना गरिएको हो। कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको हो।
जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा आयोजना भएको प्रतियोगितामा देशका सात प्रदेशका टोलीले सहभागिता जनाएका थिए।


