काठमाडौं – सुदूरपश्चिम रोयल्सका जोस ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। टस हारेर ब्याटिङमा पठाइएका ब्राउनले २९ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे।
आफ्नो पहिलो र प्रतियोगिताको तेस्रो खेलमा विराटनगरसँग ५३ रनको भारी पराजय भोगेको पोखरा पुनरागमनको प्रतिक्षामा छ।

