काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका लागि रसेलले अविजित रहे २९ बलमा ५१ रनको विस्फोटक पारी खेले। उनको इनिङ्समा पाँच छक्का र दुई चौका सामेल थिए।

त्यस्तै, इमरान शेख र लोकेश बमले पनि अर्धशतक बनाए।

शेखले ४५ बलमा दुई छक्का र पाँच चौका प्रहार गर्दै ५६ रन बनाए भने बामले ४० बलमा ५० रन जोडे।

विराटनगरका ओपनिङ ब्याट्सम्यान शेहान जयसूर्या मात्र दुई रन बनाएर आउट भए।

जनकपुरका लागि अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट लिए।