काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा विराटनगर किंग्सले पहिले बलिङ गर्दैछ।

चितवन राइनोजविरुद्ध टस जितेर विराटनगरले पहिले बलिङ रोजेको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलिया जस्ता खेलाडी छन्।

टोलीमा इमरान शेख, प्रतीक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रञ्जाने, चरित असालान्कालगायत छन्।

यस्तै कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ। चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजोन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा र कलिम साना रहेका छन्।

चितवनको टोलीमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मिरलगायत छन्।