काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज भारतले पाकिस्तानको सामना गर्दैछ भने युएईले मलेसियाको सामना गर्नेछ।

युएईमा हुन लागेको प्रतियोगितामा यी चार टोलीबीचको खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ। यसअघि समूह ‘ए’ मा भारतले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानले मलेसियालाई पराजित गरेको थियो।

समूह ‘बी’ मा नेपालले हिजो श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। समूह चरणमा नेपालले अब भोलि बंगलादेशको सामना गर्नेछ।

बंगलादेशले आफ्नो उद्घाटन खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो। नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ। एएफसी यू–१९ प्रिमियर कपमा उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको छ।