काठमाडौं – नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ।
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल छनोटबाट बाहिरिएको छ।
आज भएको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको थियो।
थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो।
सेमिफाइनलमा पुगेर थाइल्याण्डले एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ। त्यसैगरी आज भएको अर्को खेलमा जापानलाई ४१ रनले पराजित गर्दै हङकङ सेमिफाइनलमा प्रवेश गर्दै एसिया कपका लागि छनोट भएको हो।


