काठमाडौं – एसीसी वुमन्स प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग खेल्दैछ।
मंगलबार बिहान समूह ए को खेलमा थाइल्यान्डले जापानलाई पराजित गर्दै समूह विजेता बन्दै खेल पक्का भएको हो। समूह ‘डी’ मा उपविजेता बनेको नेपालले अब नकआउट चरणमा थाइल्याण्डको सामना गर्नेछ।
गत शनिबार हङकङसँग निराशाजनक हार बेहोरेपछि नेपाल समूह उपविजेता बनेको थियो।
नेपाल र थाइल्याण्डबीचको क्वाटरफाइनल खेल बुधबार बिहान १०ः१५ बजे सुरु हुनेछ।
एसिया कपमा छनोट हुनका लागि अन्तिम चारमा पुग्नै पर्ने भएकाले सेमिफाइनलमा स्थान महत्त्वपूर्ण छ। हारले नेपालको प्रतियोगितामा स्थान बनाउने आशा समाप्त हुनेछ।
यसअघि नेपाल एसियाली खेलकुदमा छनोट खेलमा चीनसँग पराजित भएपछि छनोट हुन असफल भएको थियो।


