काठमाडौं – साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको क्वालिफायर १ खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो।
वर्तमान च्याम्पियनको रूपमा, बेंगलुरुसँग अब आफ्नो उपाधि रक्षा गर्ने मौका छ। आज हुने एलिमिनेटरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स आमनेसामने हुनेछन्। उक्त खेलको विजेताले क्वालिफायर २ मा गुजरातसँग खेल्नेछ र त्यहाँको विजेताले फाइनलमा बेंगलुरुसँग खेल्नेछ।
धरमशालामा भएको खेलमा जितका लागि २५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भएको थियो।
गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रन बनाए। बैंगलोरका लागि ज्याकब डफीले तीन विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनाएको थियो। कप्तान रजत पाटीदारले ३३ बलमा ९३ रन बनाए भने विराट कोहली र क्रुणाल पाण्ड्याले ४३ रनको योगदान दिए।
रजत र कृणालले चौथो विकेटका लागि ९५ रनको आक्रामक साझेदारी पनि गरे।


