काठमाडौं – आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई तीन विकेटले पराजित गरेको छ। धरमशालामा पञ्जाबले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
दिल्लीका लागि कप्तान अक्षर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१ रन बनाए। आशुतोष शर्माले २४ र माधव तिवारीले १८ रन जोडे।
पञ्जाबका बलर यश ठाकुर र अर्शदीप सिंहले २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो। पञ्जाबका कप्तान श्रेयस अय्यरले ५९ रन बनाए भने प्रियांश आर्यले ५६ र कुपर कोनोलीले ३८ रन जोडे।
जितसँगै दिल्लीको अब १२ खेलबाट १० अंक छ। तर, दुई खेल बाँकी रहे पनि दुवै खेल जित्दा पनि प्लेअफमा पुग्ने सम्भावना निकै कम छ।
पञ्जाबले भने लगातार चौथो हार बेहोरेको छ। उनीहरुको अहिले ११ खेलबाट १३ अंक छ र अंक तालिकाको चौथो स्थानमा झरेको छ।
आजको अर्को खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ।


