काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफको आफ्नो आशा जीवित राखेको छ।

प्रतियोगितामा खराब सुरुवात पछि, चेन्नईको अब १० अंक छ र शीर्ष चारबाट मात्र दुई अंक टाढा छ।

दिल्ली आठ अंकसहित सातौं स्थानमा छ।

दिल्लीमा भएको खेलमा चेन्नईका लागि ओपनर सञ्जु सामसन स्टार थिए। उनको अविजित ८७ रनले जितमा महत्वपूर्ण भूमिका खेलेको थियो।

चेन्नईले १५ बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो। सञ्जुले ५२ बलको सामना गर्दै ७ चौका र ६ छक्का प्रहार गरे।

अर्का अविजित ब्याट्सम्यान कार्तिक शर्माले ३१ बलमा ४१ रन बनाए। यसअघि दिल्लीले सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो जसमा समीर रिजभीको ४० रनको सर्वाधिक स्कोर थियो।

आईपीएलको आजको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सको सामना गर्नेछ।