काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले चौथो जित हात पारेको छ। आफ्नो नवौं खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले पराजित गरेको थियो।

मुम्बईले दिएको १६० रनको लक्ष्य पछ्याएको चेन्नईले ११ बल बाँकी रहँदा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो जारी सिजनमा चेन्नईको चौथो जित हो भने मुम्बईले सातौं हार बेहोरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। मुम्बईका लागि नमन धीरले ५७ रन, रायन रिकेल्टनले ३७ र सूर्यकुमार यादवले २१ रन जोडे।

कप्तान हार्दिक पाण्ड्याले पनि १८ रन जोडेर दोहोरो अंकको स्कोर बनाए।

चेन्नईका लागि अंशुल कम्बोजले ३, नूर अहमदले २ तथा रामकृष्ण घोष र जेमी ओभरटनले १/१ विकेट लिए।

१६० रनको लक्ष्य पछ्याउँदै चेन्नईले सहज जित निकाल्यो। कप्तान रुतुराज गायकवाडले ६७ रन बनाए भने सञ्जु सैमसनले ११, उर्भिल पटेलले २४ र कार्तिक शर्माले ५४ रनको अर्धशतक जोडे।