काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर गुजरात टाइटन्ससँग पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० औं ओभरमा १५५ रन बनाएको थियो। डिफेन्डिङ च्याम्पियन आफ्नो १२ औं खेलमा अलआउट भयो।
बैंगलोरका लागि विराट कोहलीले २८, देवदत्त पडिक्कलले ४०, रजत पाटीदारले १९, रोमारियो शेफर्डले १७, भेङ्कटेश अय्यरले १२ र भुवनेश्वर कुमारले १५ रन जोडे।
गुजरातका अरशद खानले ३ विकेट लिए भने राशिद खान र जेसन होल्डरले २/२ विकेट लिए। मोहम्मद सिराज र कागिसो रबाडाले एक–एक विकेट लिए।
जवाफमा गुजरातले १५.५ ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाएर लक्ष्य पछ्यायो।
गुजरातका लागि शुभमन गिलले ४३ र जोस बटलरले ३९ रन जोडे। वासिङ्टन सुन्दरले १२, राहुल तेवाटियाले २७ र जेसन होल्डरले १२ रन बनाए।
बलिङतर्फ बैंग्लोरका भुवनेश्वर कुमारले ३ विकेट लिए भने रोमारियो शेफर्डले २ र सुयश शर्माले १ विकेट लिए।
यो हारसँगै बैंगलोर ९ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ भने गुजरात १० अंकसहित पाँचौं स्थानमा छ।
आईपीएलको आज राति जयपुरमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ।


