काठमाडौं – इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।
७६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ६.३ ओभरमा मात्र एक विकेट गुमाएर सहजै योगफल पुर्यायो।
यसअघि पहिले ब्याटिङ गरेको दिल्ली १६.३ ओभरमा मात्र ७५ रनमा अलआउट भएको थियो। यो सिजनको अहिलेसम्मकै न्यून जम्मा हो।
दिल्लीका लागि अभिषेक पोरेलले ३० रन, डेभिड मिलरले १९ र काइल जेमिसनले १२ रन जोडे।
बैंगलोरका लागि जोस हेजलवुडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिए।
यो जितसँगै बेंगलुरुको ८ खेलबाट १२ अंक छ भने दिल्लीको ८ खेलबाट ६ अंक छ।


