काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्समाथि १० रनको रोमाञ्चक जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९४ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। हैदरावादका लागि अभिषेक शर्माले २२ बलमा ५९ रनको विस्फोटक पारी खेले। हेनरिक क्लासेनले पनि ३९ बलमा ५९ रन बनाएर अर्धशतकीय योगदान दिए। त्यस्तै ट्राभिस हेडले २३ रन जोडे।
चेन्नईका बलरमा अंशुल कम्बोज र जेमी ओभरटनले तीन–तीन विकेट लिए भने मुकेश चौधरीले दुई विकेट लिए।
१९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्रै बनाउन सकेको थियो। म्याट सर्टले सर्वाधिक ३४ रन बनाए भने आयुष म्हात्रेले १३ बलमा ३० रन र सर्फराज खानले १९ बलमा २५ रन जोडे पनि उनीहरुको प्रयास जित दिलाउन सकेन।
हैदरावादका लागि इशान मालिंगाले बलिङको नेतृत्व गर्दै ३ विकेट लिए। नितिश कुमार रेड्डीले २ विकेट लिए भने शिवाङ्क कुमारले १ विकेट लिए।


