काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्याण्डसँग पहिलो खेलमा मैदान उत्रने भएको छ।

आइतबार स्कटल्याण्डमा भइरहेको खेलमा घरेलु टोली (स्कटल्याण्ड)ले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

यसअघिका दुई खेलमा पनि नेपालले पहिले फिल्डिङ गरेको थियो। नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग खेलेका दुवै खेलमा जित हात पारेको थियो।

फोर्थिल, डन्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

नेपाली टोली:

  • कुशल भुर्तेल
  • आसिफ शेख (विकेटकिपर)
  • रोहित कुमार पौडेल (कप्तान)
  • भीम सार्की
  • आरिफ शेख
  • दिपेन्द्र सिंह ऐरी
  • सोमपाल कामी
  • गुलशन झा
  • करण के.सी
  • सन्दीप लामिछाने
  • ललित नारायण राजवंशी