काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ।
इडेन गार्डेनमा गएराति भएको खेलमा हैदरावादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो।
यसअघि आफ्नो पहिलो खेलमा हैदरावाद रोयल च्यालेन्जर्स बेंगलुरुसँग ६ विकेटले पराजित भएको थियो। हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो।
हैदराबादका लागि जयदेव उनाडकटले ३ ओभरमा २१ रन दिएर सर्वाधिक ३ विकेट लिए। इशान मालिंगा र नितिश कुमार रेड्डीले २–२ विकेट लिए भने हर्ष दुबेले १ विकेट लिए।
कोलकाताका लागि अङ्क्रिश रघुवंशीले ६ चौका र २ छक्का प्रहार गर्दै २९ बलमा ५२ रन बनाएर अर्धशतक बनाए। रिंकु सिंहले ३५ रन जोडिन्। ओपनर फिन एलेनले २८, सुनिल नारायणले १२ र रमनदीप सिंहले १० रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर २२६ रनको विशाल योगफल बनाएको थियो।
हेनरिक क्लासेनले ३५ बलमा ४ चौका र एक छक्का सहित सर्वाधिक ५२ रन बनाए। ओपनर अभिषेक शर्माले ४८, ट्राभिस हेडले ४६ र नितिश कुमार रेड्डीले ३९ रन जोडे भने कप्तान इशान किशनले १४ रनको योगदान दिए। कोलकाताका लागि ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए।
प्रतियोगितामा कोलकाताको यो लगातार दोस्रो हार हो। यसअघिको खेलमा पनि हैदरावाद मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो।
यसैबीच आजको खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।


