काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।
२२१ रनको लक्ष्य पछ्याउँदै मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो। रायन रिकेल्टनले ८१ रन बनाए भने रोहित शर्माले १४८ रनको ओपनिङ स्ट्यान्डमा ७८ रन जोडे।
यसअघि कोलकाताले ४/२२० रन बनाएको थियो भने अजिंक्य रहाणेले ६७ र अङ्क्रिश रघुवंशीले ५१ रन बनाएका थिए।
मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए। मुम्बईको अब २ अंक छ भने कोलकाताको जितविहीन छ।


