काठमाडौं – बैंगलोरमा विजयोत्सवका क्रममा भागदौड मच्चिएपछि अहिले अनुसन्धान भइरहेको छ।
यो दुखद घटनामा ११ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। यो घटनापछि सामाजिक सञ्जालमा क्लब र खेलाडीको आलोचना भएको छ।
उल्लेखनीय छ, सामाजिक सञ्जालमा #ArrestKohli ह्यासट्याग ट्रेन्डिङमा टिमका स्टार खेलाडी विराट कोहलीलाई पक्राउ गर्न माग बढिरहेको छ।
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टोली आफ्नो पहिलो आईपीएल ट्रफी जितेको उत्सव मनाउन बेंगलुरु आइपुगेको थियो। उनीहरूलाई नायकको रूपमा स्वागत गरियो। मंगलबार राति उपाधि जितेर टोली बुधबार बिहान बेङ्गलुरु पुगेको हो।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले विधान सौधामा खेलाडीहरूलाई सम्मान गरे, त्यसपछि एम. चिन्नास्वामी स्टेडियममा उत्सव कार्यक्रमको आयोजना गरियो।
यद्यपि हजारौं समर्थकहरू स्टेडियम बाहिर जम्मा भएका थिए, जसले भीडभाड र अराजकता निम्त्यायो। भीड व्यवस्थापनको कमजोरीका कारण भागदौड मच्चिएको थियो, जसमा ११ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।


