काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा पठाएको नेपालले २० ओभरमा १२२ रन बनाएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन जोडे भने सम्झना खड्काले २६ रन जोडिन्। रुबिना क्षेत्रीले १७ रन र पूजा महतोले १२ रन जोडिन्।
थाइल्याण्डका लागि थिपाचा पुथावोङले चार विकेट लिए।


