काठमाडौं – स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। हिजो राति भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो पटक अंकको दोहोरो अंकमा पुग्ने १४ खेलबाट १० अंक जोडेको छ।
डान्डीको फोर्थिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। ४९.१ ओभरमा अलआउट हुनुअघि उनीहरूले कुल २२५ रन बनाएका थिए।
जवाफमा नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर २२६ रनको लक्ष्य पछ्यायो। नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रनको बलियो ब्याटिङको नेतृत्व गरे। दीपेन्द्र सिंह ऐरीले ३८ रनमा अविजित रहे, जसलाई गुलशन झाले साथ दिए र नटआउट ११ रन जोडे।
कप्तान रोहित पौडेलले २३ रन बनाए भने आसिफ शेख र कुशल भुर्तेलले क्रमशः १९ र २५ रन जोडे।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किङ्मा र पल भान मिकेरेनले १/१ विकेट लिए।
यसअघि नेदरल्याण्डका कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ४६ रन बनाएका थिए भने नउच क्रोजले ४८, विक्रमजीत सिंहले ३८ र ज्याक लिस काचेलहोफरले २७ रन बनाएका थिए। तेजा निदामानुरु र रोएलफ भान डेर मर्वेले क्रमशः १३ र २१ रन जोडे।
नेपालको बलिङ युनिटले बलियो प्रदर्शन गर्यो। सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए।
नेपालले अर्को खेल आइतबार आयोजक स्कटल्याण्डसँग खेल्नेछ भने अर्को खेल सोमबार नेदरल्याण्डसँग खेल्नेछ।


