स्याङ्जा – स्याङ्जाको सदरमुकाम मालेबगर खेलकुद मैदानमा पहिलो संस्करणको खुमा अर्याल कप २०८२ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

खुमा अर्याल फाउण्डेशन स्याङ्जाको आयोजनामा ​​पुतलीबजार नगरपालिकाको समन्वयमा जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समिति स्याङ्जाको परामर्शमा स्याङ्जा जिल्ला अन्तर नगरपालिका टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता माघ २ गतेदेखि माघ १० गतेसम्म हुने भएको छ।

फाउण्डेशनले शिक्षा, स्वास्थ्य र रोजगारीमा गर्दै आएको योगदानलाई समेटेर खेलकुदको प्रवद्र्धनसँगै स्याङ्जाको समग्र खेल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

उनले राष्ट्रिय स्तरको टी–२० प्रतियोगिताका लागि जिल्ला टोली छनोटमा सहयोग पु¥याउने र स्याङ्जा जिल्ला सदरमुकामलाई क्रिकेट र अन्य खेलकुदको हबका रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा स्याङ्जा जिल्लाका एघार नगरपालिका मध्ये कम्तीमा नौ नगरपालिकाले करिब ३ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।

जसमा झण्डै २५० खेलाडी जिल्ला भित्रका हुनेछन् भने ५० खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेटर हुने अनुमान गरिएको छ।

प्रतियोगिताको विजेताले प्रतिष्ठित रत्नले जडित रनिङ शिल्ड सहित नगद रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी तेस्रो हुने टोली र सान्त्वना टोलीले क्रमशः रु एक लाख र रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्लेयर अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडी जस्ता अवार्डको पनि व्यवस्था गरिएको छ।

खुमा अर्याल कपको तयारी तीव्र पारिएको र थप विवरण आगामी दिनमा पत्रकार सम्मेलन गरी जानकारी गराइने छ। खेलहरू चाङ्गा स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ, जसमा नेपाल भित्र र विदेशका दर्शकहरूले खेल हेर्न पाउनेछन्।

 

पुतलीबजारमा हुने पहिलो खुमा अर्याल कपको घोषणासँगै स्याङ्जा जिल्लाका स्थानीय बासिन्दा तथा क्रिकेटप्रेमीमा उत्साह छाएको छ।