काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको डन्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

लिग २ मा अमेरिका र नेदरल्याण्ड शीर्ष स्थानमा छन्। नेपालले सिरिजको आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ। यो सिरिजमा नेदरल्याण्ड्सको पहिलो खेल हो। गत वर्ष नेपालले घरेलु मैदानमा लिग २ सुरु गर्दा एक खेल जितेको थियो भने अर्कोमा नेदरल्यान्ड्ससँग हारेको थियो।

अष्ट्रेलियाका स्टुअर्ट लको कोचिङमा नेपालले सिरिजको आफ्नो पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ। सोमबार घरेलु मैदानमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको हो।

जितसँगै नेपाल लिग २ को पुछारबाट सातौं स्थानमा उक्लिएको छ। नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ। २० खेलमा १२ जित र २६ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ भने १७ खेलबाट २० अंक जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ।