काठमाडौं – अमेरिकालाई पराजित गर्दै नेपाल भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भारतमा भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। यो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ। यसअघि नेपालले श्रीलंका र अष्ट्रेलियालाई हराएको थियो तर भारतसँग पराजित भएको थियो। अमेरिकाले दिएको १८ रनको लक्ष्य पछ्याएको नेपालले कुनै पनि विकेट नगुमाई चार बलमा योगफल पुरा गर्यो। नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ९.४ ओभरमा १७ रनमा अलआउट भएको थियो। कुनै पनि अमेरिकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपालका लागि दिलसरा धमलाले तीन तथा सुनिता घिमिरेले एक विकेट लिए।