काठमाडौं – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले प्रतियोगिताको आगामी संस्करणका लागि ताहिरलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
पाकिस्तानमा जन्मेका ४६ वर्षिय खेलाडीले आफ्नो करियरमा करिब २,००० विकेट लिएर सबै फर्म्याटमा झण्डै १,००० खेल खेलिसकेका छन्।
ताहिरले दक्षिण अफ्रिकाका लागि २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय खेलमा १७३ विकेट र ३८ टी-२० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्। कुल मिलाएर, उनले विश्वका विभिन्न लिगहरूमा 446 T20 खेलहरूमा 570 विकेट लिएका छन्।

