काठमाडौं – साविक विजेता जनकपुर बोल्टले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि अभिनेता निखिल उप्रेतीलाई सद्भावना दूत नियुक्त गरेको छ।
यो साझेदारीले जनकपुर बोल्टको ब्रान्ड र पहिचानलाई थप सुदृढ गर्दै खेलकुद, कला र प्रेरणाको शक्तिलाई एकसाथ ल्याउने टोलीले जनाएको छ।
यो घोषणा अनौठो तरिकामा गरिएको थियो – चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट मार्फत, जहाँ निखिलले आफ्नो साहसी मनोभाव प्रदर्शन गरेका थिए। जनकपुर बोल्टका अनुसार उनको प्रदर्शनले टोलीको नारा “बिल्ट फर विजय” लाई नयाँ उचाइमा पुर्याएको छ।


