काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करण आगामी नोभेम्बर १७, २०२५ देखि सुरु हुँदैछ।

 

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५ सम्म सञ्चालन हुने जानकारी दिएको हो।

 

खेलाडी छनोटको मिनी लिलामी यसअघि नै सम्पन्न भइसकेको छ।

 

यद्यपी प्रतियोगिताको विस्तृत तालिका भने पछि सार्वजनिक गरिने छ।