काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा कूपर कोनोलीको शानदार ब्याटिङ प्रदर्शनमा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ।
मंगलबार भएको उद्घाटन खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो।
कोनोलीले ४४ बलमा अविजित ७२ रन बनाएर गत सिजनको उपविजेता पञ्जाबलाई १६३ रनको लक्ष्य ५ बल बाँकी रहँदै पछ्याउन मद्दत गर्यो।
प्रियांश आर्यले पहिलो ओभरमा मोहम्मद सिराजको बलमा छक्का प्रहार गरे पनि दोस्रो ओभरमा कागिसो रबाडाको बलमा विकेट लिए।
ओपनर प्रभसिमरन सिंहले २४ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए।
कप्तान श्रेयस अय्यरले ११ बलमा दुई छक्का प्रहार गर्दै १८ रन बनाए।
नेहल वढेरा (३), शशांक सिंह (४) र मार्कस स्टोइनिस (०) छिटो ढलेपछि पञ्जाब दबाबमा परेको थियो। मार्को जान्सनले ५ बलमा छक्कासहित ११ रन जोडे।
गुजरातका लागि प्रसिद्ध कृष्णले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए।
यसअघि युजवेन्द्र चहल र विजयकुमार विशाकको बलियो बलिङले पञ्जाबले गुजरातलाई १६२/६ मा सीमित गरेको थियो।
गुजरातका तीन खेलाडीले २५ वा सोभन्दा बढी रन बनाए भने कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाए।
साई सुदर्शन १३ रनमा आउट भए भने जोस बटलरले ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए।
ग्लेन फिलिप्सले १७ बलमा २५ रनको योगदान दिए।
६ र ११ ओभरको बीचमा गुजरातले ४२ रन मात्र जोड्न सकेको थियो। वासिङ्टन सुन्दरले १६ बलमा १८ रन बनाए भने शाहरुख खान ४ रनमा आउट भए।
राहुल तेवाटियाले १० बलमा ११ रन बनाएर अविजित रहे।

