काठमाडौं – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई पराजित गरेको छ।

बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रहरीले बागमतीलाई ७ विकेटले पराजित गरेको हो। बागमतीले दिएको २६६ रनको लक्ष्य पछ्याएको पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर जम्मा गरेको थियो।

ओपनर शंकर रानाले उत्कृष्ट शतक बनाएर १२८ बलमा १३ चौका र चार छक्का सहित ११६ रन बनाए। दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दै ७० रन बनाए। कप्तान आरिफ शेखले ४३ रनको योगदान दिए भने राशिद खान १० रनमा अविजित रहे।

वाग्मतीका लागि रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्मती ४९.२ ओभरमा २६५ रनमा अलआउट भएको थियो। पवन थापाले १०१ बलमा ६ चौका र एक छक्का सहित ७९ रन बनाए। इशान पाण्डेले ७१ रन जोडे भने आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ र कप्तान सन्दीप लामिछानेले १३ रन जोडे।

पुलिसका लागि दिनेश खरेल र रसिद खानले ३/३ विकेट लिए भने करण केसीले २ विकेट लिए।

प्रधानमन्त्री कपको खेलमा आर्मीले गण्डकीलाई पराजित गरेको छ

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

मुलपानीमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा २०९ रन बनाएको थियो।

जवाफमा आर्मीले सहजै लक्ष्य पछ्याउँदै तीन विकेट गुमाएर ९६ बल बाँकी रहँदै जित हासिल गर्‍यो।

आर्मीको जितमा कुशल मल्लले ४३ रन बनाए। बलमा दुई विकेट लिएपछि उनी प्लेयर अफ द म्याच पनि घोषित भए।