काठमाडौं – हिजोदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट दुई विभागीय टोली नेपाल प्रहरी र त्रिभुवन आर्मीबीचको खेल सुरु हुनेछ।
यस्तै अर्को खेल मुलपानी मैदानमा हुनेछ जसमा विभागीय टोली एपीएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
हिजो भएका दुवै खेल वर्षाले प्रभावित भएका थिए।
जनकपुरमा भएको प्रतियोगिताको उद्घाटन खेल पनि वर्षाले अवरुद्ध भएको थियो। टस समेत हुन नसकेपछि कोशी प्रदेश र मधेश प्रदेशले एक–एक अंक बाँडेका छन्।
त्यसैगरी वीरगन्जको खेल पनि वर्षाले प्रभावित हुँदा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले अंक बाँडे।
आजबाट वर्षाको सम्भावना नभएकाले खेलहरु सुचारु हुने अपेक्षा गरिएको छ।

