काठमाडौं – अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज पाकिस्तानले जितेको छ। शनिबार भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले ९० रनले जित हात पार्दै एक खेल बाँकी रहँदै सिरिज कब्जा गरेको हो।
१९९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १५.४ ओभरमा १०८ रनमा अलआउट भयो। अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्वाधिक ३५ रन बनाए भने म्याथ्यु शर्टले २७ रनको योगदान दिए।
पाकिस्तानका लागि अबरार अहमद र सादाब खानले ३–३ विकेट लिए। उस्मान तारिकले २ विकेट लिए भने सैम अयुब र मोहम्मद नवाजले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९८ रन बनाएको थियो। कप्तान सलमान अली आगाले ब्याटिङको नेतृत्व गर्दै सर्वाधिक ७६ रन बनाए। उस्मान खानले ५३ रन जोडे भने शादाब खान २८ रनमा अविजित रहे।
यो जितसँगै पाकिस्तानले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा कब्जा जमाएको छ।

