काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायर खेल राजधानीमा हुँदैछ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ४ बजे हुने छनोट खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दैछन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा रहँदै क्वालिफायर १ मा आफ्नो स्थान पक्का गरेको छ।

 

सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये ६ जितेको छ भने विराटनगरसँग मात्र हार बेहोरेको छ। विराटनगरले चितवन र लुम्बिनीसँग हार बेहोरेको सातमध्ये पाँचमा जित हात पारेको छ।

 

आजको खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले एलिमिनेटरमार्फत अर्को मौका पाउनेछ।