काठमाडौं – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमा अलआउट भयो ।
कर्णालीका लागि पवन सर्राफले २७, मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुलशन झा र अर्जुन घर्तीले १३–१३ रन बनाए। विलियम भासिस्टोले ३, नन्दन यादवले १ र नजिबुल्लाह जद्रानले १ रन बनाएका थिए। प्रियांक पञ्चाल र युवराज खत्रीले कुनै गोल नगरी आउट भए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने हरमित सिंह र अविनाश बोहराले २/२ विकेट लिए। हेमन्त धामी र स्कट कुग्गेलिजनले एक–एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङमा पठाएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेखले २७, हरमित सिंहले १९, कृष लीले १८, विनोद भण्डारीले ११ र स्कट कुग्गेलिजनले १० रन जोडे। इशान पाण्डे २ रनमा आउट भए भने जोस ब्राउन र नरेन साउदले रन बनाउन सकेनन्।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ३, नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १/१ विकेट लिए।

