काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को काठमाडौंमा जारी दोस्रो संस्करणमा मार्टिन गुप्टिल अर्धशतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् भने लोकेश बम पाँचौं खेलाडी बनेका छन्। दुवै खेलाडी विराटनगर किंग्सको प्रतिनिधित्व गर्दैछन्।

 

पोखरा एभेन्जर्सविरुद्धको आजको खेलमा मार्टिन र लोकेशले अर्धशतक बनाएका छन्। मार्टिनले आउट हुनुअघि ३५ बलमा ६१ रन बनाएर २८ बलमा आफ्नो अर्धशतक पूरा गरे।

 

त्यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुरा गरे र ४७ बलमा ७२ रन बनाएर प्याभिलियन फर्किए। मार्टिन र लोकेशले पनि १४६ रनको ओपनिङ पार्टनरसिप गरे। यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक रवि बोपाराले बनाएका थिए।

 

चितवन राइनोजका अलराउन्डर रवि बोपाराले कर्णाली याक्सविरुद्धको पहिलो खेलमा ३५ बलमा अर्धशतक पुरा गरेका थिए।

 

यसअघि पहिलो खेलको पहिलो इनिङ्समा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चालले पनि अर्धशतक प्रहार गर्दै प्रतियोगिताको दोस्रो खेलाडी बनेका थिए।

 

प्रतियोगिताको पहिलो अर्धशतक जनकपुर बोल्ट्सका ब्याट्सम्यान आसिफ शेखले बनाए।

 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ​​मंसिर १ गते सुरु भएको प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ।