काठमाडौं – विराटनगर किंग्सका ओपनर मार्टिन गुप्टिलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतकीय पारी खेलेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका गुप्टिलले २८ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाएका थिए।

 

यसअघि आज भएको पहिलो खेलमा कर्णाली याक्सका प्रियांक पञ्चाल र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए।