काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खासँग पराजित भएको छ।

काठमाडौंले जनकपुरलाई ५ विकेटले पराजित गरेको छ। जनकपुरले दिएको १३१ रनको मामूली लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

काठमाडौंका लागि बेन चार्ल्सवर्थले ४६ र आकाश त्रिपाठीले ३९ रन जोडे। भीम सार्की ३ रनमा आउट भए। मिलिन्द कुमारले १९ रन योगदान दिए भने जोन सिम्पसन १३ रनमा आउट भए।आदिल अन्सारी ८ रनमा अविजित रहे।

बलिङमा जनकपुरका किशोर महतो , अनिल कुमार साह, ललित राजवंशी, जन निकोल लोफ्टी –इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिए।

यसअघि जनकपुरले आसिफ शेखको अर्धशतकको मद्दतले १३० रन बनाएको थियो। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए। कप्तान अनिल साह शून्य रनमा आउट भए। मायन यादव ३१ र लाहिरु समाराकुनले २२ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा नटआउट रहे। लाहिरु मिलन्थाले ७, सञ्जय कृष्णमूर्ति र जान निकोलले २–२ रन बनाए।

काठमाडौंका बलिङतर्फ मिलिन्द कुमारले ३ विकेट लिए भने करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए।

प्रतियोगिता एकल राउण्ड-रोबिन ढाँचामा हुनेछ, त्यसपछि एलिमिनेटर र क्वालिफायर हुनेछ, जुन मंसिर २७ मा फाइनलमा पुग्नेछ।